• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

कमजोर छैन नेपाल प्रहरी - अपराधीहरु पृथ्बीभरी कतै लुक्न सक्दैनन्

असार २९, काठमाण्डौ ।

२०६३ साल पुष २० गते राति करिब ९ बजे काठमाडौँको सीतापाइलामा नातीकाजी सुवेदी र सानु सुवेदीको धारिलो हतियार प्रहार गरी हत्या गरि फरार अपराधी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले १४ वर्ष पुरानो हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । १४ वर्ष पहिले सीतापाइला काठमाडौंमा कान्तिपुर मिल सञ्चालन गरिरहेका दम्पत्ति नातीकाजी सुवेदी र सानु सुवेदीलाई हत्या गरी फरार रहेका अभियुक्त जेके भन्ने जयकिशोर शाहलाई सिआइबी टोलीले आइतबार पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार जयकिशोरलाई नेपाल भारत सिमाक्षेत्र नेपालगञ्जबाट पक्राउ गरी नेपाल ल्याइएको हो । 

सिआइबीमा नयाँ प्रमुखका रुपमा सहकुलबहादुर थापा आएपछि १४ वर्ष पुरानो सीतापाइला हत्याकाण्डको फाइल खोलिएको थियो । अभियुक्त पक्राउ गर्नका लागि थापाले डिएसपीको कमाण्डमा टोली परिचालन गरेका थिए ।
उनले भारतबाट नेपालमा रहेका आफ्ना परिवारलाई पटक पटक फोन गरेको आधारमा नम्बर ट्रेसिङ गरि लामो समयको आुसन्धान पछि अपराधी पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । 
त्यस समय प्रहरीलाई अपराधीको फोटो, हुलिया र पुरा नाम समेत थाहा थिएन ।

मृतक नातीकाजीका छोरा विलभले घटनाबारे प्रहरीलाई बयान दिए । घटनामा जेके भन्ने समिलकै कामदार जेके र प्रताप राना मिलेर हत्या गरेको बयान दिए । तर विलभसँग अभियुक्तको आधा नामबाहेक अरु केही जानकारी नै थिएन । यद्यपि विलभले अभियुक्तलाई देखेमा भने चिन्दथे ।

यही आधारमा प्रहरीले व्यापक खोजी गरेपछि जेके भन्ने जयकिशोरको घर सर्लाही भएको पत्ता लागेको थियो । अर्का अभियुक्त प्रताप रानाको घर बाँके भएको पत्ता लाग्यो ।

सिआइबी प्रमुख डिआइजी सहकुलबहादुर थापाले अभियुक्त नै पहिचान गर्न नसकिएको १४ वर्ष पुरानो हत्याकाण्डका अभियुक्तलाई पक्राउ गर्नु सिआइबीको ठूलो सफलता भएको बताए ।

सामान्य अनुमानका भरमा अपराधीसम्म पुग्न सफल भई पक्राउ गर्न सक्नु ठूलो सफलता भएको भन्दै गम्भीर अपराधका घटनाका फरार अपराधीको खोजीमा सिआइबी सक्रिय रहेको भन्दै थप सक्रियता बढाउने थापाले बताए ।

स्रोत: रातोपाटी डटकम
 
 

Top