• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

बिभिन्न जिल्लामा बाढी पहिरोले २६ को ज्यान गयो, ६० जना अझै बेपत्ता

असार २७, काठमाण्डौ ।

कोरोना महामारीले आक्रन्त बनीरहेको यो समयमा प्राकृतिक विपत्तीले देशभर ठुलो जनधनको क्षती भएको छ ।
अबिरल वर्षका कारण आएको बाढी पहिरोले पछिल्लो दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् ।

देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् । 

जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ ।

म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् । सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

मौसमविदहरुका अनुसार अझै केही दिन भारी वर्ष हुने सम्भावना छ , जसका कारण देशका विभिन्न भुभागमा अझ धेरै जन धनको क्षती  हुने सम्भावना बढेको छ ।

सम्भावित जोखिमलाई न्युनिकरण गर्न र आपतकाली उद्धारका लागि तीनवटै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ भने पाँछ ठाउँमा १द्द वटा हेलिकोेप्टर समेत स्ट्याण्डबाई राखिएको सरकारले जनाएको छ ।

जोखिमपुर्ण स्थानका नागरिकहरु आफैं पनि अति सचेत र सतर्क रहनु आवश्यक छ ।

  इन्फोग्राफिक्स नयाँ पत्रिकाबाट

Top