• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

उकालो चढ्दै कोरोना ग्राफ, ४८४ नयँ संक्रमित, ८को मृत्यु

श्रावण २८, काठमाडौं ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार पछिल्लो चौबिस घण्टामा देशभर ४८४ जना संक्रमित थपिएका छन् भने थप ८ जनाको मृत्यु भएको छ ।
४८४ मध्य काठमाडौं उपत्यकामा मात्र १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना र १०९ जना काठमाडौंका रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जना रहेका छन् ।
यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।
हाल सम्म संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ भने निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।
 

Top