श्रावण २५ , काठमाडौं ।
गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
तीमध्ये ३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका मन्त्रालय सहप्रवक्ता डा. समिर अधिकारीले बताएका छन् ।
मन्त्रालयका अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।
हाल सम्म नेपालमा कोरोनाबाट ७३ जनाको ज्यान गइसकेको छ ।
अकडाउन खुले सँगै संक्रमितको संख्या बढ्नुले कोरोनाको जोखिम बढेको छ भने एउटै व्यक्तिको रिपोर्ट एउटा हस्पिटलमा पोजेटिभ र अर्कोमा नेगेटिभ आउनुले परिक्षण प्रणालीमा समेत आशंका उत्पन्न भएको छ ।
अहिलेको सबै भन्दा उत्तम उपायनै व्यक्ति आफैं सुरक्षित र सजग रहने नै हो ।