• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

सभामुख सापकोटा सहित सचिवालय र सुरक्षाकर्मी सबैको कोरोना रिपोर्ट नेगेटिभ

श्रावण १७, काठमाडौं ।
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, उहाँको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

केहीबेर अघि प्राप्त रिपोर्टमा सबैको रिपोर्ट नेगेटिभ रहेको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले दिनु दिनुभएको सभामुखका प्रस सल्लाहाकार श्रीधर न्यौपानेले बताउनु भएको छ ।

Top