• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

थप १४४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो


असार २९ काठमाडौं । 

सोमबार थप १४४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमल जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

Top