• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

त्रिवि इन्जिनियरिङतर्फको परीक्षा भदौमा हुने

साउन ८, काठमाडौं ।

सरकारले १२० दिन लामो लकडाउन औपचारिकरुपमा अन्त्य गरेको घोषणा सँगै चैतमा रोकिएका परिक्षाहरु संचालन हुने तयारी हुन थालेको छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानतर्फको स्नातकोत्तर तहको परीक्षा भदौ ७ र स्नातक तहको भदौ १५ गतेदेखि संचालन गर्ने निर्णय भएको छ।
कोरोनाको कारण चैत ६ गते उक्त दुई तहको परीक्षा स्थगित गरिएको थियो।

इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले साउन ७ गते एक सूचना जारी गरी उक्त जानकारी दिएको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा निर्देशिका पालनासहित परीक्षा संचालन हुने निमित्त डिन प्राडा सुशील बहादुर वज्राचार्यले जानकारी दिए ।

लकडाउका समयमा विभिन्न समस्या भोगेका विद्यार्थीहरु परिक्षाका लागि यति छिटै मानसिक रुपमा तयार हुन सक्छन् कि सक्दैनन् भन्ने पाटोमा भने ध्यान दिएको पाइएको छैन । यस सुचना पछि विद्यार्थी, अभिभावक तथा सरोकारवाला व्यक्तिहरुले सामाजिक संजालमा मिश्रित प्रतिकृया दिएका छन् ।


 

Top