• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

अनलाईन क्लास: आवश्यकता र सम्भावना कती ?

  • पब्लिकटिभी संवाददाता
काठमाण्डौ, वैशाख २० । 
 

मुलुक लकडाउनमा छ ।
कोरोना भाइरसले मानिसको दैनिकी पुरै बदलिएको छ ।

आर्थिक र सामाजिक गतिविधिहरु थप्प प्राय छ । निम्न आय भएका, रोजगारी तथा आर्थिक उपार्जनको शुनिश्चतता नभएका श्रमीक र मजदुरहरु यो लकडाउनमा सबैभन्दा बढी पिडित भएका छन् । रोगको भन्दा पनि भोकको डरकै कारण रोजगारीका शिलसिलामा उपत्यका र देशका बिभिन्न जिल्लामा रहेका मानिसहरु आफ्नो घर जान हप्तौ सम्म घाम, पानी, भोक नभनी दिन रात ज्यान जोखिममा राखेरै हिँडेको दृष्यले हामी आर्थिक र सामाजिक रुपमा कति कजोर छौं भन्ने पुष्टि मात्र गरेन, यस्तो बेलामा नागरिकले सरकार नभएको पनि महसुस गरे ।

बृद्धबृद्धा, बिरामी र साना बालबालिका काखी च्यापेर हिँडेको दृष्यले सबैको मन कुँडियो तर पनि सरकार बेखबर जस्तै रहे र उल्टै प्रतिपादमा उत्रिय ।

सधैं हतार गर्ने, सकडमा सवारी साधनमा हुइकँदा अनावश्यक हरन बजाउने, ओभरटेक र पैदलयात्रुको पेटी समेत मिच्न नछाड्ने मानिस अहिले महिनौं सम्म घरको चैघेरा भित्र सिमीत छ । या भनु लक छ, र पनि समय कति बलवान छ भन्ने चेत अझै खुलिसकेको छैन ।
समय प्रतिकुल छ । सबैखालका सामाजिक गतिविधि थप्प रहेको र लकडाउन अझै कति लम्बिने निश्चित नभएको अवस्थामा शैक्षिक गतिविधिलाई कसरी सुचारु गर्न सकिन्छ भन्ने तर्फ सरोकारवाला निकाय, शैक्षिक संस्था, अभिभावक र विद्याथीहरुबीच बहसको वातावरण सिर्जना भएको छ ।

नर्सरी देखि विश्वविद्यालय तहसम्म सबैका लागि अनलाईन कक्षा आवश्यक छ त ?
कतिपयले अनलाईन कक्षा सुरुगर्नु पर्ने धारणा राखेका छन् भने धेरैजसोले अनलाईन कक्षाका लागि सबैसँग पुर्वाधार र प्रविधिको पहुँच नपुगेकाले यो तत्कालका लागि उपयोगी नहुने बताएका छन् । अनलाईन कक्षाकालागि चाहिने प्रविधि र पुर्वाधार शहरीक्षेत्रका सिमित व्यक्ति सँगमात्र भएको हुँदा यो सबैको हितमा नहुने धेरैको बुझाई छ ।

सधैं पढाईको चापमा रहेका सबै तहका विद्यार्थीहरुले अहिले पारिवारिक र समाजिक संस्कार सिक्ने मौका पाएका छन् । थोरै भए पनि व्यवहारिक हुने वातावरण सिर्जना भएको छ ।

पढाईहरु घोटाईमा होइन, सामाजिक समृद्धीका लागि सोच विकास गर्ने र संकल्पका साथ काम गर्न सक्ने जनशक्ति यो देशको लागि आवश्यक छ ।

अब अनलाईन कक्षा आवश्यक छ या छैन भन्ने विषयमा तपाईले आफ्नो धारणा कमेन्टमा राख्न सक्नुहुने छ । 

 

Top