• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

फैलंदै कोरोना - नियन्त्रण बाहिर जाने खतरा

श्रावण १९, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक चिकित्सक र परिवारका तीन सदस्यलाई कोरोना संक्रमण भएको छ ।

मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर ९एचईओसी० मा कार्यरत चिकित्सकसँगै उनका बुबा, आमा र एक वर्षीय छोरालाई कोरोना संक्रमण भएको हो ।

२९ वर्षीया चिकित्सक, उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा र एक वर्षका छोरालाई संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् ।

उनिहरु काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएका थिए ।

शंका लागेर पाटन अस्पतालमा परीक्षण गराएका उनिहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

उनिहरु सबै स्वाब दिएर होम आइसोलेसनमा बसेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

 

 

योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।  

२ दिन अघि मात्र सभामुखका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो ।

साथै ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत ट्राफिक प्रहरीमा कोरोना देखिएपछि कार्यलयनै सिल गरिएको थियो ।

फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा संक्रमण बढ्दैजानु खतराको संकेत हो ।

लकडाउन खुले सँगै देशैभरी पुर्णरुपमा आवतजावत सहज भए सँगै चहलपहल अत्याधिक बढ्नु र सुरक्षा सवधानी नअपनाउनुले संक्रमणको सम्भावना अत्याधिक बढेको छ ।

नागरिक स्तरबाटै आफै सचेत र सजग रहनुनै सुरक्षाको पहिलो र प्रभावकारी उपाय हो ।

Top