• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

दश वर्षमा मेगा बैंकको "मेगा फड्को" || ११ औं वर्षमा प्रवेश

साउन ७, काठमाडौं ।

"हलो देखि हाइड्रो सम्म" भन्ने आकर्षक नारा सहित स्थापना भएको मेगा बैंक नेपाल  १० वर्ष पूरा गरी ११ औं बर्षमा प्रवेश गरेको छ ।

स्थापनाको दशौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले ग्राहकवर्ग, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुको निरन्तर साथ, सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताए ।

दश वर्षको अवधी भित्र पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गरेको मेगा  बैंकले गत असार २१ गते गण्डकी विकास बैंकलाई प्राप्ति गरेको थियो । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै अध्यक्ष शाहले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताए ।

मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए ।

२०७७ आसार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब, चुक्ता पुँजी १३ अर्व भन्दा बढि  र १ खर्ब १४ अर्ब भन्दा बढी कर्जा प्रवाह रहेको छ । मेगाले हाल देशभरका ५८ जिल्लामा रहेका २०६ शाखा तथा १४२ एटिएम संजाल मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक  १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं र व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ ।

दशौं वर्षमा सेवा प्रवाह गर्दै गर्दा मेगा बैंक नेपाल लिमिटेडले "बैंक अफ दी ईयर २०१९" अवार्ड समेत हात पार्न सफल भएको थियो । लण्डनस्थित फाईनान्सियल टाईम्सले हरेक वर्ष उत्कृष्ट बैंकलाई प्रदान  प्रदान गर्ने "बैंक अफ दी ईयर" को उपाधी नेपालबाट मेगा बैंकले पाएको हो ।

बार्षिकोत्सवको अवसरमा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गरेको छ ।


 

Top