करदाताहरुलाई खुशीको खबर । खाता प्रमाणितको म्याद थपियो
श्रावण २३, काठमाण्डौ ।
आ.व. २०७७/७८ का लागि खारिद खाता र बिक्री खाता प्रमाणित गर्ने समयसिमा एक हप्ता मात्र बाँकी रहँदा आन्तरिक राजस्व विभिागले खाता प्रमाणितको समयावधि पौष मसान्त सम्म थप गरेको छ ।
विभागले भर्खरैमात्र मात्र एक सुचना प्रकाशन गरि यसको जानकारी गराएको हो ।
तर श्रावण देखिको कारोबार कुन खातामा इन्ट्री गर्ने भन्ने खुलाइएको छैन ।
आ.व. २०७६/७७ को अन्तिममा आइपुग्दा यो आ.व. को आयकर, मु.अ.कर, सामाजिक सुरक्षा कर, घर बहाल कर लगायत विभिन्न शिर्षकमा कर तिर्ने चटारो छ ।
तथापी कोभिड १९ का कारण सानादेखि ठुला व्यवसायी सबै मार्कामा परेका छन् ।
देश हजारौंको रोजगारी खोसियको छ ।
चाहेर पनि व्यवसायीहरुलाई कर तिर्न सकस भइरहेको यस्तो अवस्थामा आन्तरिक राजस्व विभागले गरेको यो निर्णय स्वागतयोग्य छ ।

Top