• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

नयाँ आ.व को बजेट स्वास्थ्य क्षेत्र केन्द्रीत हुने ।

कोरोना भाइरसका कारण आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रीत हुनुपर्ने माग उठेको छ ।

स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन स्वास्थ्य बजेटको आकार १० प्रतिशत बढाउनुपर्ने पूर्व सचिव डा. सेनेन्द्र उप्रेतिको भनाइ छ ।

स्वास्थ्यतर्फ चालु आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड  रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यो गत आव भन्दा १२ अर्ब बढी बजेट हो । गत आवमा  स्वास्थ्यलाई ५६ अर्ब ४१ करोड ९७ लाख बजेट बिनियोजना गरिएको थियो ।

चालु बजेटले नियमित कार्यक्रमसँगै देशका सबै जिल्लामा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, स्वास्थ्य बिमा कार्यक्रम विस्तार, वडा स्तरमा पूर्ण खोप कार्यक्रम, समुदायमा नागरिक आरोग्य कार्यक्रम संचालन गर्न ठूलो धनराशी विनियोजन गरिएको थियो । यस्तै प्रत्येक प्रदेशमा प्रयोगशाला स्थापना, जनस्वास्थ्य प्रयोगशालालाई विस्तार गर्दै राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने जस्ता कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको थियो ।

बजेट छलफल शुरु

सरकार आगामी आर्थिक वर्ष (२०७७/०७८) को बजेट निर्माणमा जुटिसकेको छ । राष्टिय योजना अयोगले पनि मन्त्रालयगत छलफल गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी बजेट पेश हुन्छ ।

बजेट पेश गर्नेदिन नजिकिदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आन्तरिक छलफलमा जुटेको छ ।

यता आगामी आर्थिक वर्षको नीति तथा  कार्यक्रम पारित गर्नका लागि प्रतिनिधि सभामा छलफल गर्ने तयारीमा सरकार  छ ।

बजेट खर्च गर्न नसक्दा बेरुजु बढ्यो

स्वास्थ्यमा बजेटको सदुपयोग र खर्च गर्न नसकेको कारण बेरूजु बढ्ने गरेको स्वास्थ्य विज्ञको भनाइ छ ।

(स्रोत साभार रातोपाटी डटकम)

 

 

Top