• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

अष्ट्रेलियामा २ नेपाली युवायुवतीको धन्दा - छिटो धनीहुने चालमा प्रहरीको फन्दा ...

असार १०, काठमाण्डौ । 

अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो 

८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो ।
तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो  ।

तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् ।
फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छ ।

अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् ।

गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो ।

उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइनेछ ।
विदेश गएर राम्रो शिक्षा, सीप हासिल गर्ने, मेहनत गरेर कमाउनेहरुलाई यस्ता एकाध व्यक्तिको गलत हर्कतले लज्जित बनाउने गर्दछ । अपराध अपराध नै  हो, कानूनी कारबाही हुनु पर्छ । 

स्रोतः 9news.com.au

Top